दुई मुक्तक

आधा खाने आधा थुक्ने कस्तो चलन आयो नमर्दै नि स्वर्ग जाने कस्ताो चलन आयो उल्टो पाल्टो हुन्छ भन्थे स्वर्ग यस्तै रैछ ज्युँदा मान्छे घाटमा लाने कस्तो चलन आयो । कहिल्यै तला थपिएन विकासको ढोका उस्तै प्रविधिको युगमा पनि बुनेको त्यो डोका उस्तै राणाशासन ,प्रजातन्त्र ,गणतन्त्र केके भयो जुनै सत्ता आएपनि जनतालाई धोका उस्तै ।